आज बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरे

२०८० पुष २७, शुक्रबार १३:१५

२७ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको हो ।

बिज्ञापन

भृकुटीमण्डपमा भएको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । राप्रपाका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

बिज्ञापन

राप्रपाका अनुसार चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि,धार्मिक संघ संगठनका, उद्योगी, व्यवसायी, पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो

बिज्ञापन
२०८० पुष २७, शुक्रबार १३:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना