फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

२०८० पुष २८, शनिबार १३:३५

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो।

सोहि मस्यौदालाई तल्लो कमिटीसम्म पुर्‍याएर सुझाव संकलन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बिज्ञापन

पार्टीको तल्लो कमिटीबाट मस्यौदाबारे प्राप्त सुझावबारे छलफल र निर्णय गर्न माघको अन्तिम साता पुनः स्थायी कमिटीको बैठक बस्नेछ।

उक्त बैठकले मस्यौदाबारे निर्णय लिइने जनाएका छन् ।

२०८० पुष २८, शनिबार १३:३५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना