इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

२०८० माघ १, सोमबार १०:५२

१ माघ, काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

बिज्ञापन

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

बिज्ञापन

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । ‘उद्धार गर्न करिब साढे दुई घण्टा लाग्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ डीएसपी जोशीले भने ।
उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

बिज्ञापन
२०८० माघ १, सोमबार १०:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना