टुँडिखेलमा थारु र मगर समुदायको माघी (तस्वीरहरू)

२०८० माघ २, मंगलवार ०१:४३

१ माघ, काठमाडौं,माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।

बिज्ञापन

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।

बिज्ञापन

यो पर्वका अवसरमा थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका थिए ।

थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

बिज्ञापन

मगर समुदायले पनि माघ १ लाई नयाँ वर्षको सुरुवातको रुपमा मनाउने गरेका छन् । २०६५ सालमा सरकारले माघ १ लाई मगरको राष्ट्रिय पर्व नै घोषणा गरेको थियो ।

२०८० माघ २, मंगलवार ०१:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना