काठमाडौंको, नैकाप स्थित ओरालोमा ट्याँकरकाे ठक्करबाट पैदल यात्रीकाे ज्यान गयाे

२०८० माघ ९, मंगलवार ०१:२४

काठमाडौं ।

बिज्ञापन

काठमाडौं, नैकापमा ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीकाे मृत्यु भएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका १४ नैकाप ओरालोस्थित सडमा कलंकीदेखि हेटौंडातर्फ जाँदै गरेको ना.७ ख २७८७ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री सतुंगल बस्ने ६५ वर्षीय महेन्द्र लाल दासको सोमबार बिहान मृत्यु भएको हाे ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल एपिएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बिज्ञापन
२०८० माघ ९, मंगलवार ०१:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना