संसद् अधिवेशन आह्वानका लागि सरकारले सिफारिश गर्ने

२०८० माघ १०, बुधबार ००:५१

काठमाडौं ।

बिज्ञापन

सरकारले संघीय संसद्को‌ अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गर्ने निर्णय गरेको छ।

बिज्ञापन

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्का दुवै सदनको बैठक माघ २२ गते अपराह्न ४ बस्ने गरी बोलाउन सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजकमा डा. असीम भण्डारीलाई मनोनयन गर्ने निर्णय भएको छ।

बिज्ञापन

त्यसैगरी कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्टका लागि प्रस्तावित करीब रु.३१ अर्ब दुई करोड सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन जापानसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको शर्माले बताइन्

२०८० माघ १०, बुधबार ००:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना