धनगढीमा, पाँचतले घरको छत बाट हाम फालेर व्यापारीले गरे आत्महत्या

२०८० माघ १०, बुधबार १३:३८

आज, धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

बिज्ञापन

अग्रवालले बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएको तत्काल उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बताए । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको बताए । अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

बिज्ञापन

२०८० माघ १०, बुधबार १३:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना