काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिम नेपाल को केन्द्रिय सदस्यमा (र्याट) विभागका २० जना सदस्यले आज सपथ ग्रहण गरेका छन् ।
बिज्ञापन
रास्वपाको विधानमा रहेर मुलुक र जनताप्रति बफादार र सत्य निष्ठा पूर्वक काम गर्ने प्रतिवद्धतासहित सपथ ग्रहण गरेका हुन ।(C.R.A.D) विभागीय केन्द्रिय प्रमुख विष्णु कुमार श्रेष्ठले पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराएका हुन ।
बिज्ञापन
समितिको केन्द्रिय सदस्यमा समष्टि नेपाल मिडियाका संचालक सोम तामाङले पनि जिम्मेवारी लिएका छन् । उनले पनि आजै सपथ ग्रहण गरेका हुन ।
रास्वपाले आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतुले र्यापिड एक्सन टिम गठन गरेको (RAT)नेपाल का केन्द्रिय सदस्य गङ्गालाल रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्