नेपाली सेना, र अमेरिकी सेनाबीच एक महीना लामो संयुक्त सैन्य अभ्यास शुरू

२०८० माघ २४, बुधबार ०५:५६

काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महीना लामो संयुक्त सैन्य अभ्यास शुरू भएको छ।

बिज्ञापन

माघ २३ गतेबाट शुरू भएको सैन्य अभ्यास फागुन २४ गतेसम्म चल्नेछ। २०६० सालदेखि नेपाली सेना र अमेरिकी सेनाबीच पालैपालो संयुक्त अभ्यास गर्दै आएको छ ।

बिज्ञापन

छाउनी र भक्तपुरको नगरकोटमा अभ्यास हुने छ। अभ्यासमा नेपाली सेनाका ३६ जना र अ‍मेरिकी सेनाका १० जना सैनिक सहभागी रहेको नेपाली सेनाले जनाएको हो। विपद् व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायताको विषयमा अभ्यास केन्द्रित रहने पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस् अघि पनि नेपालले अमेरिका बाहेक बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेशिया लगायत मुलुकसँग सैन्य अभ्यास गर्दै आएको थियो ।

बिज्ञापन
२०८० माघ २४, बुधबार ०५:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना