काठमाडौं ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
बिज्ञापन
आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो ।
चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस बरामद भएको आयोगले जनाएको ।
जग्गा हाल साबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
बिज्ञापन
उदयपुर घर भएका लेखापढी व्यवसायी पोखरेल चन्द्रागिरि नगरपालिकामा बस्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्