डिउटीको क्रममा प्रहरीको भ्यानबाट खसेर एक प्रहरीको मृत्युु

२०८० माघ २६, शुक्रबार १४:५९

काठमाडौं ।

बिज्ञापन

रात्रीकालिन डिउटी सकेर घर फर्किने क्रममा एक प्रहरी,आफ्नै भ्यानबाट खसेर गम्भीर घाइते भएको थियो ।
बलम्बु नजिकै गएराती सवा ११ बजेको समयमा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट खसेर घाइते भएका प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

बिज्ञापन

राती नै उपचारका क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ। भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

बिज्ञापन
२०८० माघ २६, शुक्रबार १४:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना