२९ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको छ ।
बिज्ञापन
मेलाको उद्घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्घाटन गर्दै सङ र राणाले शुभकामना मन्त्वय दिएका थिए ।
बिज्ञापन
सो, मेलामा चिनियाँ जनजीवन झल्काउने भेषभूषा, सांस्कृतिक नाँच, गीत-संगीत चित्रकला प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्