काठमाडौं ।
बिज्ञापन
काठमाडौंको, बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चलेको छ। इन्सपेक्टरका बडीगार्ड र सेवाग्राही घाइते भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको बताइएको छ।
सोहि पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते भएका छन्।
ड्युटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले समष्टि नेपाल मिडियालाई जानकारी दिए।
बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस्