कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश गरिने

२०८० फाल्गुन ८, मंगलवार ०१:२६

काठमाडौँ ।

बिज्ञापन

नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको हो । ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।

बिज्ञापन

आज बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।

यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ । विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ ।

बिज्ञापन
२०८० फाल्गुन ८, मंगलवार ०१:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना