आज सितापाइलामा एक महिला र २ जना बालिकाहरू मृत भेटिए

२०८० फाल्गुन ९, बुधबार ११:३८

काठमाडौं ।

बिज्ञापन

आज,सीतापाइलामा तीन जना मृत अवस्थामा भेटिएका छन् ।

बिज्ञापन

नागार्जुन नगरपालिका वडा नम्बर-६ स्थित एक घरमा बुधबार बिहान तीन जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको थियो ।

बिज्ञापन

घटनाको विस्तृत विवरण आउन बाँकी छ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला, एक जना सात-आठ वर्षीया बालिका र अर्का एक दुई वर्षीया बालिका रहेका छन्।

घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो।

२०८० फाल्गुन ९, बुधबार ११:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना