नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ का सदस्य बिनोद चित्रकारमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । एकजना नागरिकलाई न्यायको माग गर्दै प्रहरी कार्यालय जादा जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जय सिंह थापाले दुव्र्यवहार गर्नुका साथै हातपात गरेको चित्रकारको आरोप छ ।
बिज्ञापन
आज आफुमाथी प्रहरीले हातपात गरेको उनले पत्रकार सम्मेलनद्वारा जानकारी गराएका हुन ।
यसअघि पटकपटक बुझ्न गएकाले यो पटक भने प्रहरी आफैले बोलाएर कार्यालय गएको उनले जानकारी दिए । आफै बोलाएर आफुमाथि अपशब्द बोली गालीगलौच गर्नुभएको साथै थापाले हातपात समेत गरेको गुनासो गरे ।
बिज्ञापन
बर्दिधारीले जनताको प्रतिनिधिमाथी समेत गुण्डागर्दीशैली देखाएको भन्दै यस्ता प्रहरीसंग जनताले कसरी सुरक्षाको प्रत्याभुती गर्ने भन्दै प्रश्न समेत उठाए ।
प्रतिक्रिया दिनुहोस्