सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२०८० फाल्गुन १६, बुधबार ०१:२३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.३४ अंकले बढेर २००१ को विन्दुमा कायम हुन पुगेको छ ।

बिज्ञापन

उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड १५ लाख २४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

बिज्ञापन

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ८ करोड २८ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ६ करोड २८ लाख ४८ हजार रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९४ लाख ८१ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ३ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

बिज्ञापन

२०८० फाल्गुन १६, बुधबार ०१:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना