माओवादीमा उठ्यो प्रचण्डमाथि प्रश्न

२०८० फाल्गुन १७, बिहीबार ०१:१५

काठमाडौं ।

बिज्ञापन

नेकपा माओवादी केन्द्रको बुधबार सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उपमहासचिव जनार्दन शर्माले लिखित असहमति जनाएका छन् ।

बिज्ञापन

स्थायी कमिटीमा कार्य विभाजन एजेण्डाबारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको फागुन १५ गते प्रस्तावित भई असहमतिबीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमतिका साथ आफ्नो मत राख्दछु’भन्दै, शर्माले असहमतिपत्रमा लेखेका छन्।

पार्टीभित्र सुधार हुने संकेत नदेखेपछि फरक मत राख्नु परेको उनको तर्क छ । ‘पार्टी विधिमा चलेन, विधान बनाऔँ भनेर निरन्तर संघर्ष भइरहेको छ । अहिले विधान अधिवेशन समेत गरिसक्यौं, तर पार्टी फेरि पनि विधानमा चल्ने देखिएन’, शर्माले भने, ‘मैले पार्टीकै हितमा हुनेगरी विधि र विधानमा चलाऔं भनेर फरक मत राखेको छु नेता, शर्माले भने ।

बिज्ञापन
२०८० फाल्गुन १७, बिहीबार ०१:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना