थानकोट,वृत्त हातामा वेवारिसे अस्थामा रहेका विभिन्न कम्पनीका १३५ थान मोटरसाइकल हकदाबी गर्न १५ दिने सूचना जारी

२०८० फाल्गुन १७, बिहीबार १४:२२

काठमाडौं ।
प्रहरी वृत्त थानकोटले वृत्त हातामा वेवारिसे अस्थामा रहेका विभिन्न कम्पनीका १३५ थान मोटरसाइकल हकदाबी गर्न १५ दिने सूचना जारी गरेको छ ।

बिज्ञापन

वृत्त प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार १५ दिन भित्र ती मोटरसाइकलमाथि कसैबाट दाबी नपरेमा नियमानुसार लिलामी प्रकृया अघि बढाइनेछ ।

बिज्ञापन

वृत्तमा विभिन्न कम्पनी र मोडलका १३५ थान मोटरसाइकल वर्षाैदेखि वेवारिसे अवस्थामा छन् । ती मध्ये केही मोटरसाइकाल दुर्घटनामा परेका हुन भने केही वेवारिसे अवस्थामा फेला परेको बताइएको छ।

कतिपय मोटरसाइकल विभिन्न कारण नियन्त्रणमा लिइएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

बिज्ञापन

२०८० फाल्गुन १७, बिहीबार १४:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना