काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो ।
बिज्ञापन
शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ । यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने र थप सहुलियत घोषणाका लागि गृहकार्य गरिरहेको संस्थानका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिए ।
बिज्ञापन
नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साविकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्