नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताए

२०८० फाल्गुन २७, आईतवार ०१:३९

२६ फागुन, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् ।

बिज्ञापन

शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मीमा उद्घाटन गर्दै उनले सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने बताएका हुन् ।

बिज्ञापन

अहिले आर्थिक र राजनीतिक संकटको समयमा नयाँ गठबन्धन बनेकाले विकासको अभियान अगाडि बढाएर सबै संकट हटाउनुपर्ने उनको भनाइ छ ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक र साँस्कृतिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पूरा हुने उनकोे दाबी छ ।

बिज्ञापन

उनले एमालेलाई बहुमत ल्याएर एकल राष्ट्रिय सरकार बनाउने गरी मिसन २०८४ सफल पार्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

२०८० फाल्गुन २७, आईतवार ०१:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना