आरती शाहको शङ्कास्पद मृत्यु अनुसन्धानमा सिआईबीको टिम पठाउन गृह मन्त्रालय तयार

२०८० फाल्गुन ३०, बुधबार ००:३१

काठमाडौँ । आरती शाहको शङ्कास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली पठाउन गृह मन्त्रालय तयार भएको छ । मङ्गलबार गृह मन्त्रालयका अधिकारीहरूले पीडित परिवारसँग सो सहमति गरेका हुन् । ५ बुँदे सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवारले आन्दोलन फिर्ता लिएका छन् ।

बिज्ञापन

सहमति अनुसार २०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती शाहको मृत्युबारे ब्यूरोले थप अनुसन्धान गर्नेछ । सिआईबीको टोलीलाई जनकपुर पठाउने सहित ५ बुँदे सहमतिमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

ब्युरोको टोलीले काम थालेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे पनि अनुसन्धान गर्न ब्युरोको टोलीलाई कार्यादेश दिइएको छ । सिआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा पुनः अभियोजन गर्न पीडित पक्ष र गृह मन्त्रालयका अधिकृतहरू सहमत भएका छन् ।

सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह,  दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् । छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए ।

बिज्ञापन
२०८० फाल्गुन ३०, बुधबार ००:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना