खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको हो: खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

२०८० चैत्र ६, मंगलवार २३:२६

काठमाडौं ।

बिज्ञापन

चैत, ६  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको बताए।

बिज्ञापन

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद भित्रको राजनीतिले गर्दा यसतर्फ वितृष्णा भइरहेको उल्लेख गरेका हो ।

उनले यो अवस्थामा आइपुग्नुमा चरणबद्ध गल्तीहरू रहेको धारणा राखे। मंगलबार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको दुखेसो गरे।

बिज्ञापन

उनले नेपालीको खेलकुदमा आउने बजेट धेरै न्यून र अपर्याप्त रहेको सुनाए। ‘चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त  छैन। तर दत्तचित्त भएर काम गर्न सके यो बजेट पनि पर्याप्त हुन सक्छ।’ उनले भने।

खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै भएपनि अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले मन्त्रालयलाई धेरै जिम्मेवारी दिए पनि त्यसको अभ्यास हुन नसकेको जिकिर गरे।

२०८० चैत्र ६, मंगलवार २३:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना