कांग्रेसलाई लक्षित गर्दै ओलीले भने- संसद अवरूद्ध पार्ने काम राजनीतिक होइन

२०८० चैत्र ९, शुक्रबार ००:२८

काठमाडौं ।

बिज्ञापन

चैत ,९ सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको बताए ।

बिज्ञापन

सरकारबाट हट्नु परेका पीडामा निहुँ खोजेर कांग्रेसले संसद अवरुद्ध गरेको उनको आरोप थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मान सहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए।

बिज्ञापन

एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको उनको भनाइ थियो ।

डेमोक्रेसी किन चाहियोभन्दा यी कुराहरुमा लागि चाहियो। डेमोक्रेसी संसदमा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति,’ उनले भने, ‘त्यसो भएर राजनीतिलाई एउटा माध्यम हो। त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ उनले भने ।

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि बताए।

२०८० चैत्र ९, शुक्रबार ००:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना