सरकारले इन्धनमा फेरि मुल्य घट्यो।

२०८० आश्विन २८, आईतवार १६:२६

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोलमा प्रति लिटर ११ रुपैयाँ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको छ।

बिज्ञापन

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६९, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ प्रति लिटर कायम हुने छ।

बिज्ञापन

यस्तै, डिजेल पहिलो वर्गमा १६५, दोस्रोमा १६७ र तस्रोमा १६८ रुपैयाँ कायम हुने छ।

निगमले यसअघि असोज १४ गतेदेखि लागू हुनेगरी खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको थियो। एकैपटक प्रति सिलिन्डर २१५ रुपैयाँले मूल्य बढाएपछि चर्को आलोचना गरेको थियो। उक्त समय निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ मूल्य बढाएको थियो। यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढाएको थियो।

बिज्ञापन

२०८० आश्विन २८, आईतवार १६:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना