राष्ट्रसेवकहरू देश सुरक्षाम खटिने हो भीआइपीको घरमा : भाँडा माझेर बस्दैनन्: गृहमन्त्री

२०८० चैत्र १५, बिहीबार ०३:२३

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भीआइपी सुरक्षामा खटिने सुरक्षाकर्मीहरू भाडा माझेर नबस्ने बताएका छन्।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लामिछानेले सांसदहरूले गरेको सुरक्षाको मागलाई अवस्था हेरेर गम्भीरतापूर्वक लिने तर त्यसरी खटिने राष्ट्रसेवकहरू उनीहरूको घरमा भाँडा माझेर नबस्ने बताएका हुन्।

बिज्ञापन

‘सुविधाका नामममा हाम्रा राष्ट्रसेवकहरू कसैका भाडा माझेर र लुगा धोएर बस्दैनन्। कसैको प्रतिष्ठाको सूचक बनेर हल्लिएर त्यत्तिकै हिँड्दैनन्,’ उनले भने।

मन्त्री लामिछानेले सुरक्षा चुनौती भएकालाई  सुरक्षा दिनु गृहमन्त्रालय र त्यसको नेतृत्व गरेको हिसाबमा आफ्नो दायित्व हुने बताए।

बिज्ञापन

‘गृह मन्त्रालय गम्भीर छ राज्यको जिम्मेवारी हो। मन्त्रीको रूपमा मेरो पनि जिम्मेवारी हो। तर प्रतिष्ठा बनाउने विषयलाई स्वीकार गर्दैनौं,’ उनले भने।यसलाई सांसदहरूले पनि मनन गर्नेमा आफू विश्वस्त रहेको मन्त्री लामिछानेले बताए।

२०८० चैत्र १५, बिहीबार ०३:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना