नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ।
बिज्ञापन
आरजुको बुधबार हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए।
बिज्ञापन
गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्।
आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्