एकीकृत समाजवादीकी रमा आले मगर बागमती मन्त्री नियुक्त

२०८० चैत्र २१, बुधबार ००:५२

काठमाडौं ।

बिज्ञापन

चैत, बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् ।

बिज्ञापन

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको स्रोतको जनाएको छ ।

उनको मन्त्रालय भने सात दिनभित्र टुंग्याउने सहमति भएको स्रोतको दाबी छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्  ।

बिज्ञापन

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।

उनले भनिन् । सात दिनभित्र जिम्मेवारी दिने मुख्यमन्त्री जम्कट्टेलले प्रतिबद्धता जनाएकाले शपथ लिन जाने उनले बताइन् ।

२०८० चैत्र २१, बुधबार ००:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना