नुवाकोट । नुवाकोटको बेलकोटगढि नगरपालिकामा मेयर र वडा अध्यक्ष साथै,बैध सामुदायिक बन समितिले दादागिरी शैलीमा वन मास्ने अभिया सुरु गरेका छन् । वडा नम्बर ४,६,८ र ९ मा पर्ने बैध सामुदायिक वनमा उपभोक्ताको सल्लाह विना सल्लाको रुखको खोटाे झिक्ने काम अघि बढाएका हुन् ।
बिज्ञापन
जसमा मेयर जगत बहादुर लामा र चार वटै वडाका अध्यक्ष साथै बैध सामुदायिक बन समितिको मिलेमतोमा यसै वडाहरुका नागरिकलाई बेवास्ता गरि दादागिरी शैली प्रस्तुत गरेको भन्दै बिरोध जनाएका छन् । स्थानीयले सहमति बेगर खोटाे झिक्ने काम गरेको भन्दै तत्काल रोक्न माग गर्दै स्थानीयले गत असारमै जिल्ला वन डिभिजन कार्यालय विदुरमा उजुरी दिए पनि कार्यालय मुकदर्शक बनेर बसेको छ ।
बिज्ञापन
मेयर लामाले स्थानीयको गुनासो सुन्ने भन्दा पनि आर्थिक प्रमोभनमा परेर वन दोहनको कामको नेतृत्व लिएको भन्दै विरोध सुरु भएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्