अति संवेदनशील इलाम २ का सबै मतदानस्थल

२०८१ बैशाख १, शनिबार ००:४९

काठमाडौं ।

बिज्ञापन

१ बैशाख, वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानीएको छ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेको देशभरको एउटै मात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएका छन् ।

बिज्ञापन

सबै ठाँउको ध्यान एकै ठाउँमा केन्द्रित भएको र बाहिरबाट समेत आउ–जाउ बढी हुन सक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले यो उपनिर्वाचन क्षेत्र महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। अघिल्ला निर्वाचनमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य हिसाबले वर्गीकरण गरिन्थ्यो’, उनले भने, यसपटक सबै मतदानस्थलमा जमघट धेरै हुन सक्ने सम्भावनाले सबै मतदानस्थल अति संवेदनशील सूचीमा राखीएको हो।

क्षेत्र २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन्। मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ छ। यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बिज्ञापन

यसअघि पनि क्षेत्र २ का धेरैजसो मतदानस्थललाई अति संवेदनशील सूचीमै राख्ने गरिएको थियो। इलामको सीमा जोडिएको भारतको पश्चिम बंगालमा पनि वैशाख १४ मा निर्वाचन हुने भएकाले यताको सुरक्षा व्यवस्था बलियो रहने यादवले बताए।

उपनिर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। नेपाल प्रहरीका एक हजार पाँच सय २३, सशस्त्र प्रहरी बलका सात सय १० तथा नेपाली सेना सात सयको संख्यामा परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाए।निर्वाचन हुन लागेको क्षेत्रमा ६ स्थानीय तहका ४२ वडा पर्छन्।

 

२०८१ बैशाख १, शनिबार ००:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना