गृहमन्त्री लामिछानेले नयाँ बर्षमा बाँडे प्रहरी र सर्वसाधारणलाई मिठाइ

२०८१ बैशाख १, शनिबार १५:५६

काठमाडौं ।

बिज्ञापन

१ वैशाख,। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् ।

बिज्ञापन

शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरे ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई साथै लिएर थापाथली पुगेका उनले प्रहरी संगठनलाई हौसला दिन र आम नागरिकलाई शुभकामना दिन नयाँ को मनोबल बढाउनका लागि नयाँ सुरुवात गरेको बताए ।

बिज्ञापन

गृह मन्त्रालय सम्हालेको हिसाबले पनि आफ्नो परिवारसँग नयाँ वर्ष सरुवात गरौं, उहाँहरुलाई हौसला प्रदान गरौं, त्यो सँगसँगै आम नागरिक पनि हाम्रो परिवार नै हो, उहाँहरुलाई शुभकामना दिऔं भनेर गरिएको हो।

उनले भने ।उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।

२०८१ बैशाख १, शनिबार १५:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना