काठमाडौं ।
बिज्ञापन
६ वैशाख, । पेस्तोलसहित काठमाडौं,नयाँबस्तीबाट एक जनालाई प्रहरी वृत्त बौद्धले पक्राउ गरे।
बिज्ञापन
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा न. ५ घर भएका ३८ वर्षीय मिमसिंह लामा छन् ।
पहेंलो पुल नजिक बा १८ च ८३६१ नम्बरको जीपमा हतियारसहित हिंड्दै गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
बिज्ञापन
नाम उल्लेख नभएको सेमिअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली बरामद भएको छ । उनीमाथि हातहतियार तथा खरखजानाको कसूरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्