कालो अंगुर खानुका फाइदा

२०८१ बैशाख ६, बिहीबार १६:४९

एजेन्सी । अहिलेको मौसम भनेको विभिन्न अंगुरहरुको हो । जहाँ हरियो, रातो सँगै तपाईंले कालो अंगुर पनि बजारमा पाउन सक्नुहुन्छ ।

बिज्ञापन

अन्य फलफूलहरु जस्तै कालो अंगर पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी १६, प्रोटिन, क्याल्सियम, फस्फोरस तथा म्याग्नेशियम जस्ता एकदमै पौष्टिक तत्वहरु पाइन्छन् । आउनुहोस् जानौं यसका फाइदाहरु–

बिज्ञापन

कालो अंगरमा भिटामिन सी र अन्य पोषक तत्व पाइन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । यसले शरीरको इम्यूनिटी बलियो बनाउँछ ।

कालो अंगुरमा एन्टीडायबिटिक तत्व पनि पाइन्छ जसले शरीरमा रगतमा भएको चिनीको मात्रालाई कम गर्न सहयोग गर्दछ । यसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिँदैन ।

बिज्ञापन

यसमा पोटाशियम र साइटोकेमिकल्स जस्ता तत्व पाइन्छ जसले मुटु स्वस्थ राख्ने काम गर्दछ ।

यसमा पाइने रेसवेरेट्राल नामक केमिकलले हड्डीलाई बलियो बनाउने काम गर्दछ ।

कालो अंगुरमा पाइने रेसवेरेट्राल तत्वमा एन्टीअक्सीडेन्ट, एन्टीएपोप्टोटिक र एन्टी इन्फ्लामेटरी गुण पाइन्छ । यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ ।

कालो अंगरको सेवनले तपाईं आफ्नो बढेको पेटबाट पनि छुट्कारा पाउन सक्नुहुन्छ । यसमा पाइने गुणले बोसोलाई पगाल्ने काम गर्छ । भिटामिन ई कपाल र छालाका लागि पनि एकदमै राम्रो मानिन्छ । कालो अंगुरमा भिटामिन ई प्रसस्त मात्रामा पाइन्छ ।

२०८१ बैशाख ६, बिहीबार १६:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना