आफ्नो डिउटी समयमा कार्यालयको कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख ७, शुक्रबार १२:५२

काठमाडौं ।

बिज्ञापन

७ वैशाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिज्ञापन

स्वास्थ्यका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा फेला नपरेको पाइएकाले कानुन अनुसार कारबाही गर्ने मन्त्रालयले जनाएको हो ।

शुक्रबार मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई  संयमित रही आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्न निर्देशन दिएका छन् ।

बिज्ञापन

 

 

 

 

२०८१ बैशाख ७, शुक्रबार १२:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना