काठमाडौं महानगरले आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

२०८१ बैशाख ७, शुक्रबार १३:१७

काठमाडौं ।

बिज्ञापन

७ वैशाख,आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी लाई जरिवाना तिर्न पत्र पठाएको छ ।महानगर स्रोतका अनुसार आज,राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो ।

बिज्ञापन

सो,ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको हो।

२७चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले बताए ।

बिज्ञापन

उक्त पत्रमा महानगरपालिकाको एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भनीएका छन् ।

२०८१ बैशाख ७, शुक्रबार १३:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना