१४ वैशाख, काठमाडौं ।
बिज्ञापन
सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएको छ।
बिज्ञापन
जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरी स्रोतले बताए।
एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि थुनामुक्त भएका छन् ।
बिज्ञापन
उनले किन पहिले बुझाएनन् भन्ने बिसयमा थाहा भएन’, प्रहरी स्रोतले भने, ‘आज जम्मा गरेपछि अरू मुद्दा नभएकाले छुटेका हो।’
प्रतिक्रिया दिनुहोस्