१६ वैशाख,।
बिज्ञापन
इलाम- २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियोे । बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको छ ।
बिज्ञापन
मतगणनास्थलमा ठूलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताहरु भेला भएका छन् । उनीहरु मतगणनाको ताजा परिणाम सुन्न गणनास्थलबाहिर जम्मा भएका हुन्।
उक्त,क्षेत्रमा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, पहिचान पक्षधरको समर्थनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बु लगायत उम्मेदवार छन् ।
बिज्ञापन
फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रका बाकसबाट मतगणना सुरु गरिएको छ । त्यस क्रममा प्रारम्भिक अग्रता नेपाली कांग्रेसले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्