पाँचवटा दमकल प्रयोग गरी निभाइयो शंखमुलको आगो, ८ पसल र तीन घरमा क्षति

२०८१ बैशाख १६, आईतवार ११:४९

काठमाडौं ।

बिज्ञापन

१६,बैशाख। शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ।

बिज्ञापन

आइतबार पौने १ बजेदेखि सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

आगलागीबाट ८ पसल र तीनवटा पक्की घर जलेका छन्।आगो निभाउन पाँच वटा दमकल प्रयोग गरिएको एसपी अधिकारीले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार दोभानपुल नजिक विशाल केसीले सञ्चालन गरेको देवी अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी भएको थियो।

 

२०८१ बैशाख १६, आईतवार ११:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना