आज कीर्तिपुर खेल,मैदानभित्र र बाहिर उत्तिकै दर्शक (तस्वीरहरु)

२०८१ बैशाख १९, बुधबार ०९:२७

१९ वैशाख, काठमाडौं ।

बिज्ञापन

वेष्टइण्डिज ए विरुद्धको तेस्रो टी-२० सिरिजमा नेपालले २२८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

बिज्ञापन

खेल हेर्न ठूलो संख्यामा दर्शक कीर्तिपुर पुगेका छन् । कीर्तिपुर मैदानको प्याराफिट दर्शकले भरिभराउ छन् । प्याराफिटबाहिर पनि ठूलो संख्यामा क्रिकेट समर्थक पुगेका छन् ।

प्याराफिटबाहिर प्रहरीले बार लगाएको छ । तर बार बाहिरबाट पनि क्रिकेट समर्थकले खेल हेरिरहेका छन् । यसअघिको दुई टी–२० सिरिजमा नेपाल र वेष्टइण्डिजले एक–एक वटा जितेका छन्।

बिज्ञापन

आउँदो महिना अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपको तयारीस्वरुप नेपालले वेष्टइण्डिज एसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

 

 

२०८१ बैशाख १९, बुधबार ०९:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना