सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । सिस्नु युरोपेली प्रजातिको वनस्पति हो, जुन भारतमा बेलायतले शासन गर्दा लगभग ८० वर्षअघि भित्रिएको थियो । भारतबाट नै यो नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ ।
बिज्ञापन
नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५ औं शताब्दीतिर नै पाइएको थियो । १९ औं शताब्दीमा भने जर्मनी र अस्ट्रियामा कपडाको कच्चा पदार्थको रुपमा यसको खेती गरेको पाइएको छ ।
बिज्ञापन
पहिले सिस्नुलाई गरिबको खान्कीको रुपमा लिइन्थ्यो । यो टिप्न गाह्रो र पकाउन पनि झन्झट हुने भएकाले मध्यम र उच्च वर्गको रोजाइमा पर्दैन थियो । तर अहिले सिस्नुको महत्त्व वैज्ञानिक रुपमा समेत पुष्टि हुन थालेको छ । त्यसैले पछिल्ला दिनमा सिस्नु धनीले पनि औषधि सम्झेर खोजी खोजी खान थालेका छन् ।
यसमा हुने मसिनो झुस फर्मिक अम्लले पोल्ने (जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्छ । त्यसैले सिस्नुले पोल्ने भएकाले पनि यसको सेवन कम भएको हो । तर पानीमा उमालेपछि ती तत्त्वहरू नास भएर जान्छन् । यसको सोही बेफाइदाको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
बिज्ञापन
सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्व हुन्छ । यसमा भएको पोषक तत्त्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्याउँछ ।
मधुमेहमा फाइदाजनक
टाइप २ मधुमेहमा सिस्नुको सेवन फाइदाजनक हुन्छ । यसमा ‘एन्टि–हाइपरग्लाइसेमिक’ एजेन्टहरू हुन्छन्, जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । बेलाबेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
घाउ चोट छिटो निको पार्छ
सिस्नुमा हुने ‘हाइड्रोअल्कोहोलिक एक्स्ट्र्याक्ट’ले घाउ निको पार्न मद्दत गर्छ । यसमा एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पनि हुन्छ, जसले घाउहरू छिटो निको पार्नमा फाइदाजनक हुन्छ
उच्च रक्तचाप नियन्त्रण गर्छ
हिजोआज उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ, यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिएर सिस्नुको सेवन गर्न सकिन्छ । सिस्नुमा पाइने एन्टि–हाइपरटेन्सिभ गुणहरूले रक्तचाप कम गर्न पनि मद्दत गर्छ । जसकारण उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।
पाचनसम्बन्धी समस्यामा पनि उपयोगी
सिस्नुले पेटको स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्छ । यसले पाचन प्रक्रियालाई ठीकसँग काम गर्न मद्दत गर्छ । साथै गलत खाने बानीका कारण हुने एसिडिटीको समस्यालाई हटाउन पनि सिस्नु उपयोगी हुन्छ । यसमा पाइने एन्टी अल्सर गुणले अल्सरको समस्यालाई कम गर्न पनि मद्दत गर्छ ।
हाडजोर्नीको समस्याबाट जोगाउँछ
यसमा क्याल्सियम पनि हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने र ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्छ । सिस्नुले शरीरमा क्याल्सियमको क्षयलाई रोक्छ र हड्डीहरू खोक्रो हुनबाट रोक्छ । साथै जोर्नी दुख्ने समस्याबाट राहत पाउन पनि सिस्नुको प्रयोग गर्न सकिन्छ । सिस्नुको एन्टि–इन्फ्लेमेटरी गुणले हड्डीको दुखाइ र सुन्निने समस्या कम गर्छ ।
मिर्गौला स्वस्थ राख्छ
मिर्गौलासम्बन्धी समस्या, पिसाबनलीको संक्रमण र मिर्गौलाको पत्थरीलाई पनि सिस्नु उपयोगी हुन्छ । यसले रगत शुद्धीकरण बढाउन, क्रिएटिनिन स्तर घटाउन मदत गर्छ । यसको सेवनले शरीरमा रहेको अतिरिक्त नुन पिसाबसँगै बाहिर निस्कन्छ । त्यसैले मिर्गौलासम्बन्धी समस्यामा पनि सिस्नुको सेवन उपयोगी हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
लो ब्लड प्रेसरको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । यसमा ‘एन्टि–हाइपरटेन्सि व’अर्थात् उच्च रक्तचाप नियन्त्रण गर्ने गुण हुन्छ, त्यसैले यसको सेवनले प्रेसर झन् कम हुनसक्छ ।
यसले एलर्जी वा छालामा दाग आउने समस्या निम्त्याउन सक्छ । त्यसैले यसलाई छुँदा वा धुँदा हातमा पञ्जा लगाउनुपर्छ ।
अहिले बजारमा सिस्नुको पाउडर सजिलै उपलब्ध छ । यसलाई सुप, तरकारीको रुपमा वा दालमा मिसाएर प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्