दशैंमा घर फर्किनु चटारो (तस्वीरहरू)

२०८० कार्तिक ४, शनिबार ०६:४१

काठमाडौं,

बिज्ञापन

कार्तिक,४ दशैंको बेला घर फर्किनेहरुको ताती लागेको देखिन्छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो छ।

बिज्ञापन

कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै लागेको देखिन्छ ।

सबैमा दशैंको उल्लास छ तर यात्रा गाह्रो हुन्छ कि भन्ने चिन्ता पनि उतिकै छ । सडकका चोकचोकमा छन् घरसम्मको यात्रा तय गरेका यात्रुहरू । खाली छैनन् बसका सिटहरू । कलंकी चोक छोडेर बाहिरिरहेका छन् यात्रुले भरिभराउ सवारी देखिन्छ

बिज्ञापन

आजदेखि सार्वजनिक बिदा पनि भएकोले घर फर्किनेहरूको उतिकै भिड देखिन्छ ।

यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन ल्याइएको छ ।

प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

२०८० कार्तिक ४, शनिबार ०६:४१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना