कांग्रेस लोकतान्त्रिक पार्टी होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली को आरोप

२०८१ बैशाख २९, शनिबार १५:१९

काठमाडौं ।

बिज्ञापन

२९ बैशाख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरे ।

बिज्ञापन

नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी हो भन्दै आरोप लगाए ।

नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, नभएर सत्ता स्वार्थ मा चुर्लुम्म भएको शक्ति हो’, ओलिले भने । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै ओलीले आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको काङ्ग्रेस हो, भन्दै आरोप लगाए।

बिज्ञापन

कांग्रेस संसद चल्न दिन्न भन्छ किन  आफू बोल्छ, अरुलाई आरोप लगाउँछ, आरोपित मान्छेले बोल्छु भन्दा बोल्न दिँदैन । आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’, ओलीले प्रश्न गरे ।

 

२०८१ बैशाख २९, शनिबार १५:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना