३० वैशाख, काठमाडौं ।
बिज्ञापन
काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको हत्या भएको र घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनको हत्याको कारण भने खुलेको छैन ।
बिज्ञापन
धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइए थियो भने केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्