अब रवि लामिछानेले बोल्न पाउनुपर्छ, कांग्रेसलाई बोल्न दिइँदैन: ओली

२०८१ जेष्ठ ३, बिहीबार ००:०९

फाइल फोटो

बिज्ञापन

काठमाडौं ।

बिज्ञापन

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छ ।

लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको बताए ।

बिज्ञापन

नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले भने, कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने उनले भने ।

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने पनि बताए।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

उनले बिहीबारदेखि संसद सुचारू हुनुपर्ने पनि बताए। ‘संसदको यो समय कांग्रेसको लहडबाजीमा बरबाद गरिनु हुँदैन। सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने?,’ ओलीले भने, ‘रविको कमीकमजोरी छन् भने निकाय छन् कारबाही गर्ने। जसका बारेमा पनि कांग्रेस जे पनि बोलिदिने उनले भने,।

यस् अगि,नेपाली कांग्रेसले सदनमा गिरीबन्धु टी-इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो।

२०८१ जेष्ठ ३, बिहीबार ००:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना