फोहोर बोक्ने गाडीका चालक समाएको भन्दै मेयर बालेनले भने- रिहा नभएसम्म सिंहदरबारको फोहोर उठ्दैन

२०८१ जेष्ठ ८, मंगलवार ०१:१४

काठमाडौँ : सिंहदरबारको फोहर रोकेर राजनीतिक नेतृत्वलाई चुनौती दिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेरि पार्टीका नेताहरूलाई धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे।

बिज्ञापन

उनले भ्रष्टाचारीलाई समात्न नसक्ने सरकारले महानगरपालिकाको फोहर बोक्ने गाडीका चालकलाई पक्राउ गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्।

बिज्ञापन

उनले चालकहरूलाई नछाडेसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहर नउठाउने चेतावनीसहितको स्टेटस फेसबुकमार्फत सार्वजनिक गरे। उक्त विषयले अहिले ठूलो चर्चा पाएको छ।

‘भ्रष्टलाई समाउन सकेन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समायो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिँहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूका घरको फोहोर उठ्दैन। को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोड्दिन’, बालेनको स्टेटसमा उल्लेख छ।

बिज्ञापन
२०८१ जेष्ठ ८, मंगलवार ०१:१४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना