काठमाडौँ ।
बिज्ञापन
नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
बिज्ञापन
समितिमा नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, एपीएफ अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्