काठमाडौं।
बिज्ञापन
सिन्धुलीको खुर्कोट हैवारवेशीबाट डलर देखाएर नेपाली रुपैयाँ १८ लाख ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ३ बस्ने २४ वर्षीय श्याम तामाङ, सोही नगरपालिका बस्ने २६ वर्षीय तेन्जेन पाइन र अर्का २७ वर्षीय नारायण बहादुर पाइन रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान, मोबाइल ५ थान बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्