तस्बिर सौजन्य : नेपाल आयल निगम ।
बिज्ञापन
काठमाडौं ।
बिज्ञापन
आज बाट लागू हुनेगरी सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। गए राती बाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ।
बिज्ञापन
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ४२ पैसा र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार भाउ फरक हुनेछ।
प्रतिक्रिया दिनुहोस्