जसपा विभाजन मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

२०८१ जेष्ठ २७, आईतवार १४:४२

काठमाडौं ।

बिज्ञापन

२७ जेठ जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

बिज्ञापन

आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यस मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई सहित ७ जना सांसदले वैशाख २३ गते अर्को दल दर्ता गरेका थिए। उनीहरूले उक्त पार्टीको नाम जनता समाजवादी पार्टी नै राखेका छन्।

बिज्ञापन

निर्वाचन आयोगले उक्त दललाई मान्यता दिँदै वैशाख २४ गते दल दर्ता गरेसँगै यादवले सांसदहरू र आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।त्यस्तै जेठ ७ गते प्रधानमन्त्री पुष्‍पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए।

त्यसमा जसपा नेपालबाट छुट्टिएर गएका सात सांसदले विश्वासको मत दिन लागेको भन्दै यादवले अर्को रिट दायर गरेका थिए। ती सांसदहरूले विश्वासको मत दिइसकेका छन्। यद्यपि उक्त मुद्दालाई पनि पूर्ण इजलासमै पठाउन आदेश भएको छ।

२०८१ जेष्ठ २७, आईतवार १४:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना