पर्सा जिल्लामा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालयलमा महानगरले शिलबन्दी

२०८१ जेष्ठ ३०, बुधबार ००:४१

काठमाडौं ।

बिज्ञापन

पर्सा : नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालयलाई वीरगञ्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ।

बिज्ञापन

शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।

शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन्।

बिज्ञापन

वीरगञ्ज महानगरपालिका २६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ।

२०८१ जेष्ठ ३०, बुधबार ००:४१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना